नीलकण्ठ माविको लोक नृत्यमा एड्भान्स एकेडेमी प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १८, २०८०

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको जिल्लाकै उत्कृष्ट नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्याललयको ४९ औं वार्षिक उत्सवको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ ।

१९ विद्यालयले भाग लिएको यस प्रतियोगितामा दोस्रो धादिङ बोर्डिङ, तृतिय चिल्ड्रेनपार्क आवासिय मावि र सन्तोना बालमन्दिर मावि भएको थियो । प्रतियोगितामा विजयी विद्यलयलाई क्रमस: १० हजार, ७ हजार, तृतिय ५ हजार र सान्तोनालाई ३ हजार प्रदान गरिएको शिक्षक उत्तम भट्टले धादिङपोष्टलाई बताए ।

नीलकण्ठ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका सदस्य रामहरि लम्सालको सभापतित्वमा भएको यस प्रतियोगिताको प्रमुख आतिथ्यता नीलकण्ठ नगर पालिकाका शिक्षा इकाई प्रमुख उप-सचिव नारायण वाग्ले रहेका थिए । नीलकण्ठ माविले आफ्नो ४९ औं वार्षिक उत्सव जेष्ठ १९ गते शुक्रबार संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमका साथ मनाउँदै छ ।