गजुरीमा चालक तथा यात्रुसँग प्रहरीको पाँच मिनेट कार्यक्रम

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १८, २०८०

धादिङ । धादिङ गजुरी गाउँपालिका २ बिहानी पम्प स्थित पृथ्वी लोकमार्गमा प्रहरीले चालक तथा यात्रुसँग प्रहरीको पाँच मिनेट कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले आयोजना गरेको उक्त कार्यक्रममा प्रहरी उपरिक्षक गौतम मिश्रको कमाण्डमा ट्राफिक प्रहरी सहित २३ जनाको टोली परिचालन भएको थियो ।

सवारी साधनका चालक, सहचालक र सवारी साधनमा सवार यात्रुहरु समेतलाई “चालक तथा यात्रु सँग पाँच मिनेट” बिषय कार्यक्रममा ट्राफिक नियम तथा सवारी दुर्घटना सम्बन्धि जनचेतना, आरक्षण सिट, बढी भाँडा, रिफ्लेक्टिभ स्टिकर टास, पर्चा, पम्पलेट बितरण तथा सवारी भाडा दर रेट लिष्ट लगायतका बिषयमा प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।