घट्यो बैंकको ब्याजदर

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ३०, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याजदर ब्याजदर घटाएको छ ।

मौद्रिक नीतिको अङ्कुशको रूपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमय दर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्णरुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरूको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाएर ७.५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोर अन्तर्गतका अन्य दरहरूलाई यथावत राखेको छ ।

यस्तै बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ । अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमी आएको छ ।