हेटौंडा । प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले, प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता जेष्ठ ७ देखी १३ सम्म हेटौडामा आयोजना गर्ने निर्णय गरेको छ । बैशाख २९ गते देखि हुने भनिएको यस प्रतियोगिता प्लस टुको परिक्षा परेकोले जेष्ठ ७ गतेबाट हुने भएको हो ।
खेलकुद परिषद बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार यस प्रतियोगितामा १३ विधाका खेलहरु (तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी) हुनेछ ।
प्रतियोगिताका लागि बागमती प्रदेश मातहतका सबै जिल्लाहरुले खेलाडी छनोट गरि सकेका छन्न भने कतिपय जिल्ला खेलकुद विकास समितिले छनोट भएका खेलाडीहरुलाई बन्दप्रशिक्षणमा समेत राख्न सुरु गरेका छन् ।