धादिङ । प्याब्सन धादिङको सदस्य विद्यालय एड्भान्स एकेडेमीले आफ्नो १८ औँ स्थापना दिवस विविध गतिविधि सञ्चालन गरी मनाइएको छ । वि.सं. २०६३ बैशाख १७ गतेबाट सञ्चालनमा आएको एड्भान्सले आज १८ औँ स्थापना दिवस मनाएको हो ।
यसै विशेष अवसर पारेर कक्षा प्ले ग्रुपदेखि कक्षा दश सम्मका विद्यार्थीहरुलाई विभिन्न गतिविधिहरुमा सहभागी गराइएको थियो । जस अन्तर्गत प्रि–प्राइमरी तह र कक्षा १ र २ को लागि रङ भर्ने प्रतियोगिता सञ्चालन गरिएको थियो भने कक्षा तीन देखि पाँच सम्मको लागि चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो । त्यस्तैकक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता र कक्षा ९ र १० का विद्यार्थीहरुद्वारा विद्यालयहाता वरिपरि सरसफाइ गरिएको गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई कम्पनी सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) र विद्यालयका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल श्रेष्ठले एड्भान्स एकेडेमीलाई शैक्षिक क्षेत्रको एक महत्वपूर्ण धरोहरको रुपमा स्थापित गराउन विगतमा अहोरात्र अतुलनीय योगदान पु¥याउनु हुने समस्त अभिभावक, शिक्षक तथा कर्मचारी, विद्यालयका गहना समस्त विद्यार्थीहरु, सरकारी कार्यालयहरु, स्थानीय सरकार, विभिन्न संघ संस्थाहरु, विभिन्न कालखण्डहरुमा यस विद्यालयमा शिक्षण गर्ने शिक्षक कर्मचारीहरु प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका थिए ।