जेलब्रेक दिवस मनाईयो, उमा भुजेलले सुनाइन् अनुभव

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १९, २०७९

गोरखा । चैत १७ गते शुक्रबार विप्लव नेतृत्वको नेकपाकी स्थायी समिति सदस्य उमा भुजेल र रीता थापा (बिक) गोरखा कारागार पुगे । २०५७ साल चैत १७ गतेअघि तीन महिनासम्म दोषीका रुपमा महिनौँ बिताएको गोरखा कारागारमा २२ बर्षपछि अवलोकनकर्ताका रुपमा पुग्दा उनीहरुको मुहारमा बेग्लै चमक थियो । उनीहरुलाई बिगतका घटनाबारे सोध्नेहरुको घुइँचो थियो । उनीहरु पनि गम्भीर हुँदै अनुभव सुनाउँदै थिए ।

सन्दर्भ थियो, २२ औँ जेलब्रेक दिवस
कथा सुन्नेहरु बिस्फारित नयनका साथ उनको अनुहारतिर नियालिरहेका थिए । उनी भनिरहेकी थिइन् ः २०५६ साल कार्तिक १३ गते रातको एकबजेतिर संगठनकै कामले म तान्द्राङमा हिड्दै थिएँ । बिहान बिहान सात बजे प्रहरीले हामीलाई घेरा हालिसकेको रहेछ । त्यसपछि एक जना साथीले घेरा तोड्नुभयो, मैले तोड्न सकिन । त्यसपछि प्रहरीले मलाई घ्याम्पेसाल ल्यायो । त्यतिबेलासम्म म को हो भनेर प्रहरीले मलाई चिनेको थिएन । त्यहाबाट गोरखा कारागारमा ल्याए । त्यहाँ धेरै यातना दियो । त्यहाँ चारदिन मात्र राख्यो । १७ गते राती आँखामा कालोपट्टी बाँधेर तनहुँमा लग्यो । तनहुँको डिएसपीको क्वाटरमा हातमा साङला बाँधेर तीन÷चार महिना खाटको खुट्टामा बाँधेर राख्यो, चरम यातना दियो । पछि अदालतले तारिखमा छोड्यो तर अदालतले छोडे लगत्तै प्रहरीले गिरफतार ग¥यो, फेरि गोरखा ल्यायो ।

गोरखामा हातहतियार खरखजना मुद्दा लगाई गोरखा कारागारमा राख्यो । गोरखा कारागारमा माओवादी आन्दोलनमा लागेका पुरुष साथीहरु धेरै नै थिए तर महिलाहरु भने कोहि पनि थिएनन्, म एक्लै थिएँ । त्यसपछि कमला, रिता, सन्जु लगायत अरु साथीहरु पनि थपिनुभयो । हामी कुनैपनि हालतमा दुस्मनको पञ्जाबाट फुत्किन पर्छ भन्ने मानसिकता बनाएका थियौँ । हामीहरु जसरी भए पनि जेलबाट निस्किनुपर्छ भन्ने दिमागमा राखेका थियौँ । यदि हाम्रो प्रयास असफल भयो भने हामी मर्न पनि तयार हुनुपर्छ भनेर तयार भएका थियौँ । यसमा पाँच जना साथीहरु सबै एक ढिक्का भयौँ । हामीहरुले जेल ब्रेक गर्नुअघि तीन÷चार पटक जेलबाट फुत्किन धेरै प्रयास ग¥यौँ तर असफल भयौँ । अन्त्यमा जेलबाट सुरुङ खनेर नै जाने निर्णय ग¥यौँ ।

फागुन १ गते बिहान माओवादी जनयुद्ध दिवस मनायौँ । त्यसपछि दिउसो तीन बजे सुरुङ खन्ने निश्कर्षमा पुग्यौँ र सुरुङ खन्ने कामको सुरुवात ग¥यौँ । त्यतिबेला हामीले बाहिर के छ, कसरी खन्ने केही थाहा थिएन । हामीलाई यति थाहा थियो कि, हामी जसरी भए पनि बाहिर निस्कनुुपर्छ । यदि हामी सफल भएनौँ भने मर्न पनि तयार हुनुपर्छ भन्ने थियो । खाल्डो खन्दै झारले पुर्दै गयौँ । खनेको ठाउँमा तरकारी लगाएको छ भनेर अरुलाई जान दिँदैनथ्यौँ । तीन÷चार चरणमा हामीलाई थुपै्र जटिलाहरु आइपरेको थियो । खाल्टो खन्दै गरेको बेला अहिले प्रहरी, आउँथ्यो, त कहिले पर्खालमा तारजाली लगाउन आउथ्यो । हामी सफल हुदैन कि भन्ने पनि धेरै पटक लागेको थियो । तैपनि हामीले हरेश खाएनौँ । तर समय लम्बियो हुन्छ कि हुन्न र मरिन्छ की बाँचिन्छ भन्ने सोचाइबाट अगाडि बढ्दै गएका थियौँ ।

हामीसँग एउटा सानो फलामको रडको टुक्रा थियो । त्यसैको सहयोगमा हातका नङ्ग्राले कोट्याउँदै सुरुङ खनेका थियौँ । यस्तो लाग्थ्यो, हामीले मृत्युलाई जितिसकेका थियौँ । कि जितिन्छ की मरिन्छ भन्ने थियो । नङले कोतर्दा हातका नङग्राहरू छियाछिया भएका थिए । रगतपच्छे हुँदै गरेको सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ । हामीले पुलिसलाई छक्याउन विभिन्न तानाबाना बुनेका थियौँ । सुरुङको मुखमा तरकारी लगाएका थियौँ, सुरुङभित्र काम गरेको अरुले थाहा नपाउन् भनेर केही साथीहरु बाहिर म्युजिक बजाएर नाचगान गर्थे ।

जेल ब्रेकर सफल हुनुका पछाडि सबै दिदीबहिनीमा कि गरिन्छ कि मरिन्छ भन्ने कुरामा हामी तयार भएका थियौँ । सबैले आफनो भूमिका राम्रोसँग निभाएका थिए । जेलभित्रभन्दा बाहिर बस्न पाए क्रान्तिको लागि धेरै काम गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ योजना बनाएका थियौँ । कोठा बाहिर सुरुङ तयार भइसक्यो, तर कोठाभित्रबाट कसरी निस्कने भनेर धेरै संकट प¥यो । किनभने कोठाको झ्यालको रड काटेर निस्कने ठाउँमा प्रहरीको ड्युटी थियो । एकातिर प्रहरीलाई भुलाउनु पर्ने, अर्कातिर अरु बन्दीलाई पनि थाहा दिन हुदैनथ्यो । चैतको १६ गते राती हामी धेरै सोचमग्न भयौँ । त्यसपछि धेरै जटिलताका बीच हामीले झ्यालको रड फोड्यौँ । अब झ्यालबाट कसरी निस्कने भन्ने संकट त थियो ।

कम्प्यूटरको टेबल ल्याएर खाल्डोमाथि राखेर पहिले म आफै सुरुङको मुखबाट छिर्न खोजेँ । तर टाउको छिराउँदा पनि हुदैन, खुट्टा छिराउँदा पनि हुदैन । फुर्सदले छिराउने कुरा पनि भएन । त्यो धेरै जटिलताका बीचबाट म निस्कन सफल भएँ । त्यसपछि कसरी जाने भन्ने तरिका अरुहरुलाई पनि भयो । राती पौने १ बजे हामी बाहिर त निस्कियौँ तर अब कहाँ जाने, त्यहीँ मार्दिने खतरा थियो । छ जना थियौँ । तीनजना एकातिर जाने, अर्को तीनजना अर्कोतिर जाने भनेर सल्लाह गरेका थियौँ । हामी तीनजना उँधोतिर दौडियौँ । प्रहरीले बाहिरका मान्छे आएछन् भनेर गोली त चलायो तर हामीलाई भेट्न सकेन ।

जेल ब्रेकपछि तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले जनादेश साप्ताहिकमा बहादुर छोरीहरू लेख नै लेखेका थिए ।
यसबाट एउटा सन्देश सबैले जान्नु पर्छ । कठिनाइ नभएको कुनै कामै हुदैन । अप्ठ्यारो जहाँ पनि हुन्छ तर मान्छेले चाह्यो भने, इच्छाशक्ति भयो भने, मान्छेले गर्नुपर्छ भन्ने मान्यता राख्यो भने असफलचाहिँ केही पनि छैन । त्यसरी इतिहास रचेपनि त्यो बेला देखेको सपना अहिले पूरा नहुदा जेलब्रेकर भुजेल दुखी छिन् । ‘ब्यबस्था परिवर्तन भयो । अबस्था परिवर्तन भएन । सरकार परिवर्तन भयो, जनताको अवस्था परिवर्तन भएन । त्यो बेला जनताको व्यवस्था ल्याउने सपना थियो । तर अहिले प्रचण्डले नेतृत्व गरेको सरकार भए पनि यो दलाल पुँजीपतिहरुको सरकार हो ।

महिला, दलित, जनजाति, उत्पीडितहरुको अधिकार दिलाउने कुरा थियो, सबै असमानता, विभेदलाई अन्य गर्ने कुरा थियो । तर नेपालमा आज त्यो भएको छैन उनले भनिन् । नेतृत्व नै गम्भीर नहुदा त्यो बेलामा सिद्धान्तहरु व्यवहारमा कार्यान्वयन भएन । जनताको आन्दोलनमा समाहित हुने, जनताको राज्य व्यवस्था ल्याउने, जनताका सुखका दिन ल्याउने, सपना र लक्ष्य सहित जेल ब्रेक गरेका थियौँ । तर आज पनि त्यो सपना पूरा भएको छैन । आज हामी एकीकृत जनक्रान्ति गर्दैछौ । त्यो सपना पूरा गर्न म आफै निकै मिहिनेत गर्दैछु ।

जेल ब्रेकरमा सहभागी भएका छ जनामध्य मिना मरहट्टा र एन्जिला बिकले सहादत प्राप्त गरिसकेका छन् । कमला नहर्की नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य भएर पार्टीको गतिविधिमा सहभागी हुदै आएकी छिन् । रिता थापा भने राजनीतिक क्रियाकलापमा प्राय निस्व्रिmय छिन् । उनी अहिले सिलाइबुनाइ पेशा व्यवसाय गर्दै छिन् ।२२ औँ जेलब्रेक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी गोरखाको आयोजनामा गोरखा सदरमुकाममा शुक्रबार आयोजित समारोहमा बोल्दै जेल ब्रेकर उमा भुजेलले नेतृत्व गम्भीर नहुँदा जनयुद्धको उद्देश्य पूरा हुन नसकेको बताएकी छिन् । ‘सरकार परिवर्तन भयो तर माओवादीले ल्याउन खोजेको व्यवस्था आएकै छैन’, उनले भनिन्, ‘हाम्रो मान्यता के थियो भने हिजो जनयुद्धमा माओवादीले जे लक्ष्य सहित बन्दूक उठाएको थियो आज त्यो लक्ष्य पूरा भएको छैन ।’

उनले हिजो जनयुद्धका बेला र अहिले महिला, सुकुम्बासी, गरिब जनताको जीवनस्तर उस्तै रहेको बताइन् । ‘सरकार र मन्त्री चेन्ज भए, केहीको जीवनस्तर चेञ्ज भए, तर माओवादीले भनेको गरिबको सत्ता आएन । जबसम्म व्यवस्था चेन्स हुदैन तब सम्म जनताको अवस्था चेन्स हुदैन ।’जेल ब्रेकर सहयोद्धा साथीहरु कहिलेकहीँ भेट हुँदात्यस बेलाका कुराकानी हुने गरेको बताउदै उनले भनिन, ‘सार्थीहरु भेट हुँदा त्यस बारेमा कुरा हुन्छ । व्यवस्था चेन्स भएन भनेर निराश भएर पनि समस्या हल हुदैन । पार्टीका लक्ष्य, उद्देश्यलाई नेतृत्वले सही तरिकाले अगाडि बढाएको भए, विचलित नभएको भए आज गरिबका सत्ता, बैज्ञानिक समाजवादको अभ्यास हुन्थ्यो । उहाँले गर्नुभएन, अब हामीले गर्ने हो ।’ जेल ब्रेकर घटनाले जनयुद्धमा एउटा इट्टा थप्ने काम भएको पनि उनले बताइन् ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय स्थायी समिति सदस्य, तनहुँ र म्याग्दी जिल्ला इन्चार्ज लगायतका पार्टी पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेकपा गोरखाका सचिव माया चेपाङले सहजीकरण गरेकी थिइन् । दिवसको अवसरमा जेल ब्रेकर उमा भुजेल र रीता थापालाई पार्टीले सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो । सम्मान कार्यक्रममा अर्की जेलब्रेकर कमला नहर्की उपस्थित भइनन् । २०५७ साल चैत १७ गते उमा भुजेल, कमला नहर्की, रिता थापा, एन्जिला विक., मिना मरहट्टा, सञ्जु अर्याल गरी छ जना महिलाले जेलब्रेक गरेका थिए । दरौंदी दैनिकबाट साभार