पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १८, २०७९

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसीले) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाल पठाएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ छ । योसँगै डिजेलको खरिद मूल्य प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद मूल्य प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ । भारतबाट आएको नयाँ मूल्यअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको छ ।

यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य पनि घटेर आएको छ । नयाँ मूल्यअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ९६ रुपैयाँ घटेर आएको हो ।