बागमती प्रदेशले चेपाङ र माझीको पर्वमा बिदा दिने निर्णय

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १६, २०७९

हेटौंडा । बागमती प्रदेश सरकारले माझी र चेपाङ समुदायको पर्वमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको बुधबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले माझी समुदायको लदी र चेपाङ समुदायको न्वागी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले मन्त्री श्रेष्ठलाई प्रदेश सरकारको प्रवक्ताको समेत जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्री श्रेष्ठका अनुसार बैठकले आगामी वैशाख १ गतेबाट बागमती प्रदेश सरकारको मन्त्रालय र मातहतका सबै कार्यालयमा कर्मचारीहरुको विद्युतीय हाजिरी गर्ने निर्णय गरेको छ ।

प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा प्रा.डा. नरविक्रम थापालाई नियुक्त गर्ने निर्णय पनि भएको श्रेष्ठले जानकारी दिनुभयो ।