धादिङमा बन्ने मिनि बुद्ध पार्क

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३०, २०७९

धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ अन्तर्गत रहेको मुख्य ऐतिहासिक, धार्मिक पर्यटकीय स्थानहरु (डबजोङ दरबार, वाकारह क्षेत्र, बोलिजोगङ) मध्ये बोलिजोगङमा मिनि बुद्ध पार्क निर्माण कार्य अगाडी बढेको छ ।

पार्कको डीपी आर ०७७ साल मै भएको थियो । त्यसपछि २०७८ साल चैत १२ गते बौद्ध धर्मको धार्मिक बिधि अनुसार भुमि पुजा सहित पार्कको सिलान्यास भएको वडाध्यक्ष सुरेश वाईवाले बताए । प्रदेश सरकार पर्यटन बिकास आयोजना कार्यलय र बोलिजो गङ मिनि बुद्ध पार्क उपभोक्ता समिती बिच सहमती भैसकेको र अब छिट्टै प्रवेशद्वार र सिढी निर्माणकार्य सुरु हुने उनले बताए । धादिङ जिल्लाको नेत्रावती डबजोङ गाँउपालिकाको ऐतिहसिक डबजोङ दरबार देखि वाका हुदै नुवाकोट जिल्लाको म्यगाङ सम्मको ठाँउलाई ऐतिहासिक धार्मिक सास्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अत्यान्त महत्वपूर्ण मानिन्छ ।

डबजोङ दरबारमा हाल दरबारको भग्नावशेषहरु यथावत नै छ । केही दशक अगाडि सम्म डबजोङ दरबार देखि म्यगाङ सम्मका डाडाहरुमा बौद्ध चैत्य छ्योर्तेन र मानेहरु जिर्ण अवस्थामा रहेकोमा यहाँ सुनचाँदी, सि माला, पुरानो सिक्का लगायतका बहुमुल्य वस्तुहरु पाउने लोभले यी संरचनाहरुको उत्खनन् गरेकोले अहिले खाल्डखुल्डी र ढुङ्गाका थुप्रो मात्रै बाकी छन । यी ठाँउहहरुमा अहिले पनि ओम माणि पद्मे हूँ, बज्रगुरु हुँ, बज्रपाणी हुँ जस्ता बुद्धका महत्वपूर्ण मन्त्रहरु कुँदिएको ढुङ्गाहरु प्रश्स्त भेटिन्छन ।

नेत्रावती डबजोङ गाँउपालिकाको यो ठाँउलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने उल्लेख गर्दै सिङ्ल्हजोमा पच्चीस फिटको बुद्ध मूर्ति र वाका राहा देखि डबजोङ दरबार हुदै ताङचोमाने सम्म एक सय आठ (१०८) चैत्य बौद्ध स्तुपा छ्योर्तेन सहितको पदमार्ग निर्माणको लागि विस्तृत अध्ययन समेत सभैसकेको छ । इतिहासमा उल्लेख भए अनुसार नेत्रावती डबजोङ गाँउपालिकाको सेमजोङमा अवस्थित डबजोङमा तामाङ वाइबा राजाले राज्य गगर्दथे ।