सेमजोङलाई पर्यटकिय गन्तव्य बनाउन स्थानीयको ‘हाम्रो ठाँउ, हामी आफै बनाऔं’ अभियान सुरु

Avatar photo
Dhadingpost
आइतवार, भदौ २६, २०७९

धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ गाँउपालिकाको ऐतिहसिक डबजोङ दरबार देखि वाका हुदै नुवाकोट जिल्लाको म्यगाङ सम्मको ठाँउलाई ऐतिहासिक धार्मिक सास्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अत्यान्त महत्वपूर्ण मानिन्छ ।
इतिहासमा उल्लेख भए अनुसार नेत्रावती डबजोङ गाँउपालिकाको सेमजोङमा अवस्थित डबजोङमा तामाङ वाइबा राजाले राज्य गगर्दथे ।

सल्यान्टरको बगरमा वाइबा राजा दगुरलाई ज्यर्ती राजाले षडयन्त्र गरि हत्या गरेपछि रानी सिलिङ्मो र राजकुमारहरु डबजोङ दरबार छोडेर रोङगलेपङ, थलापारा, बर्मच्येत, फोकाजो, सिङल्ह, ज्यम्पल गोम्बो, वाका राहा, गरजो, माणिरुलुम, उरपङजो हुदै हालको म्यगाङमा बस्न गएको इतिहास पाइन्छ ।

डबजोङ दरबारमा हाल दरबारको भग्नावशेषहरु यथावत नै छ । केही दशक अगाडि सम्म डबजोङ दरबार देखि म्यगाङ सम्मका डाडाहरुमा बौद्ध चैत्य छ्योर्तेन र मानेहरु जिर्ण अवस्थामा रहेकोमा यहाँ सुनचाँदी, सि माला, पुरानो सिक्का लगायतका बहुमुल्य वस्तुहरु पाउने लोभले यी संरचनाहरुको उत्खनन् गरेकोले अहिले खाल्डखुल्डी र ढुङ्गाका थुप्रो मात्रै बाकी छन । यी ठाँउहहरुमा अहिले पनि ओम माणि पद्मे हूँ, बज्रगुरु हुँ, बज्रपाणी हुँ जस्ता बुद्धका महत्वपूर्ण मन्त्रहरु कुँदिएको ढुङ्गाहरु प्रश्स्त भेटिन्छन ।

नेत्रावती डबजोङ गाँउपालिकाको यो ठाँउलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने उल्लेख गर्दै सिङ्ल्हजोमा पच्चीस फिटको बुद्ध मूर्ति र वाका राहा देखि डबजोङ दरबार हुदै ताङचोमाने सम्म एक सय आठ (१०८) चैत्य बौद्ध स्तुपा छ्योर्तेन सहितको पदमार्ग निर्माणको लागि विस्तृत अध्ययन समेत सभैसकेको छ । भने स्थानीय सरकारले पनि यो ठाँउलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने जनाएपनि ठोस कार्य योजना ल्याउन नसकेपछि स्थानीयहरुले नै ‘हाम्रो ठाँउ, हामी आफै बनाऔं’ भन्ने अभियान सुरु गरि आर्थिक संकलनमा जुटेका छन् ।

२०६२ सालदेखि निरन्तर रुपमा धार्मिक पर्यटकीय स्थल वाका राहा क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न अहम भुमिका खेल्दै आएको ज्यम्पल दोर्जे गुम्बा र हरेक वर्ष वाका कप फुटबलको आयोजना गर्दै यस ठाँउलाई पर्यटकीय स्थलको रुपमा प्रचारप्रसार गर्दै आएको छ ।

छार वाका राहा युवा क्लब, गैरा टोल विकास समिति र धराप सामूदायिक वन उपभोक्त समितिको संयुक्त नेतृत्वमा हाम्रो बिकास हाम्रै लागि हामी बाटै भन्ने नाराको साथ वाका देखि सिङ्ल्ह, फोकाजो हुदै डबजोङ दरबार सम्म पर्यटकीय पदमार्ग बनाउन यहि मिति २०७९ साल साउन २८ गते शनिबार देखि प्रत्येक शनिबार स्वेच्छिक श्रमदान गर्ने अभियान संचालन भइरहेको छ । यो अभियानलाई देश तथा विदेशमा रहेका धादिङबासीहरुले स्वागत योग्य भएको भन्दै आर्थिक सहयोग पनि गरि रहेका छन् । धादिङपोष्टका लागि यो समाचार सुकराम तामाङले लेखेका हुन् ।