हामी ६ भाईको पूर्णकालिन हुने त्यो निर्णय

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १, २०७९

संकटकालको बेला बेलुका आर्मीले कोठा छापा मार्दा केही भेट्न नसकी फर्किएपछी ओछ्यान मिलाउन लाग्दा बहिनी सुसिला र अम्बिकाले तन्नाको बीचमा माओवादीका लेख समाचार छापिएको पत्रपत्रिका र केहि दस्तावेजहरु फेला पारेछन् जव म कोठामा पुगेर बहिनीहरुको कुरा सुनेर चुपचाप सुनिरहे र भोलिबाट कोठा नजाने बिचार गरें ।

बिहानै उठेर नयाँबजार पुगे । माओवादी बिचार बोक्ने निकट साथीहरुको भेटघाट स्थल थियो नयाँ बजार ।
असाध्यै छट्पटीमा समय बिताउदै जादा दिन ढल्नै लाग्यो । जहिल्यै भेटेपनि पुर्णकालिन भएर जङ्गल पस्ने कुरा मात्र हुन्थ्यो हिम्मत कसैले गर्दैनथे ।

रामहरि, पुष्प, अमृत, लिला, राम, सहितलाई हामी माओवादी हो भने अब कहिलेबाट पुर्णकालिन भएर लाग्ने हो लिखित सम्झौता गरौ भनेर मैले दवाव पछि सिसा पसलमा सिसा बेरिएकै कागजमा केही बुँदा लेख्दै जाँदा गतिलो कागज नैं गरौँ न त भनेर अर्को कागजमा लेखियो ।
सम्झौता अनुसार हामी सबैजना धादिङ थर्पुमा हुने माओवादीको कार्यक्रमबाट पुर्णकालिन भएर काम गर्ने भयौ । सो कार्यक्रममा सबै जना जाने पक्का भएपछि तयारीको लागि म सोही दिन घर धादिङ जाने निधो गरेँ र हिडेँ ।
निश्चित समयमा थर्पुमा कार्यक्रम भयो र सकियो तर साथिहरुको खबर आएन । भोलिपल्ट बेलुका पख म हरि तिमिल्सिनालाई भेट्न बैरेनी गए घरमा नभेटेपछि रोपाइँको तयारीमा लाग्नु भएको हरि बुवालाई कोदाली बोकेकै अवस्थामा खेतको आलीमा भेटेर हामी एउटा समूह बीच भएको सम्झौता र म सबै तिरबाट भुमिगत हुन तयार भएर आएको कुरा बताए ।
हरि तिमिल्सिनाले मलाई हामी उच्च जोखिममा रहेको र गाउँमा आएको कसैले थाहा नपाउने गरि घर भित्रै बसिरहनु, छिट्टै पार्टीले सम्पर्क गर्छ भन्नु भयो र म घर आएर सुते । भोलि पल्टको एक दिन बिताउन सार्है गाहो भयो । घर अगाडि आर्मी पुलिसको ओहोर–दोहोरले मुटुमा ढ्याङ्ग्रो ठोकी रहयो ।
रातै भरी निन्द्रा परेन ।

बिहान पख झपक्क निदाएको मात्र थिए झुल्लुक घाम झुल्केको थियो । ढोला ढकढक्याएको आवाज आयो ।
त्रसित हुँदै मैले सानो आवाजमा को हो ? भने, म सिता हो बुवाले लिन पठाउनु भएको हो ढोका खोल्नुस, बाहिरबाट मसिनो आवाज आयो । क. प्रकृति (सीता) हुँनुहुँदो रहेछ । मैले केही कुरा भन्न नभ्याउदै उतै गएर कुरा गरौँला हिडिहाल्नुस् यहाँ बस्न मिल्दैन भन्नु भयो । छिटो–छिटो एक जोर कपडा प्लास्टिकको झोलामा हालेर निस्की हाले । बिहानै उठेर खेतबारी तिर गएका बुढा बाउआमालाई छोरा कता गयो भन्ने सम्म खबर छाड्न सकिन ।

सीताले मलाई लिन क. आलोकलाई साथी लिएर आउनु भएको रहेछ । क. आलोक (अलि मानसिक समस्या जस्तो लाग्ने साथी) लाई उहाँकै हरि तिमिल्सिनाकै घर बैरेनीमा छाडेर सिता मलाई लिन फिस्टार आउनु भएको थियो । घर पसेपछि कुरा गर्नुपर्दा साउती मार्दै बिहान बिताएर तिनै जना धादिङबेसी हुँदै मुरलीभञ्ज्याङ् अर्जुन सरको घरमा पुगियो । त्यहाँ राखिएको १०५ किलो पानी धाराको सकेटहरु तीनजनाले २ भारी बनाएर पालै पालो बोक्दै गोलाभञ्ज्याङ पु¥याईयो र त्यही लुकाएर राखी पर्चा, पम्प्लेट, रसिदहरु लिएर ज्यामरुङ तिर लागेका थियौ ।

यो यात्रा गरेको २० वर्ष भैरहदा दिएको सुझाव सल्लाह नमान्दा ज्यान गुमाउनु परेको साथीहरू र लक्ष्य, नीति, बिचार छाडेर राजनीति गर्ने नेताहरु उस्तै लाग्छ ।
व्यबस्थाको नाम जे दिए पनि फरक पर्दैन जनताको जीवन स्तरमा सुधार हुन्न भने । यो बलिदान के को लागि थियो र नेता ज्यु के गर्दै हुनुहुन्छ ? जनयुद्ध दिवसको शुभकामना छ, सबैले आफुलाई सुधर्नुस । गत वर्ष जनयुद्ध दिवसकै दिन धादिङ पोष्टमा प्रकाशित निर्मल नारायणको यो लेख
सन्दर्भ जनयुद्ध दिवस, सम्मान कि अपमान