मुख्यमन्त्री जम्कट्टेलद्वारा मन्त्रालय घटाउने निर्णय

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २६, २०७९

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहणका क्रममा दुई निर्णय गरेका छन् जसमा मन्त्रालयको संख्या घटाउने उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका जम्मकट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिती गठन गर्ने निर्णय गरेका छन् ।

उक्त समितीले आगामी १५ दिनभित्रमा प्रतिवेदन तयार पारी पेश गर्नु पर्नेछ । त्यस्तै, मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र संघीय सरकार समक्ष विशेष र समपुरक तर्फको अनुदानका योजनाहरु तयार पारी पठाउने निर्णय गरेका छन् । यसअघि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवम् वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे १८ जना मन्त्री बनाएर चर्चामा थिए । जम्मजट्टेलको पहिलो निर्णय सँग मन्त्रीको संख्या घट्ने देखिएको छ ।

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल यसअघि वि.सं.२०७४ साल माद्धको तेस्रो हप्तामा गठन तत्कालिन मुखयमन्त्री डोरमणि पौडेलको मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्री र वि.सं. २०७८ साल माघ ११ गते गठित मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रीपरिषद्मा उहाँ आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा कार्यभार सम्हाल्दै आएका थिए ।