अमेरिकामा तमु ल्होसार भव्य रुपमा सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, पुस २३, २०७९

कोभीड १९ को कारण लामो समय पश्चात नर्थ वेस्ट तमु समाज सियाटल वाशिङ्गटन अमेरिकाका तमु गुरुङ समाजद्वारा आयोजित तमु ल्होसार कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।

लामो समए भेटघाट हुनबाट बन्चित नर्थ वेस्ट तमु समाज सियाटल वाशिङ्गटनमा रहेका हामी गुरुङ मेम्बरहरु ल्होसार मनाउने मौका पाएकोमा खुशी नहुने कुरै भएन । २ बर्ष भन्दा लामो कोभिडको महामारी पछि आयोजित ल्होसार कार्यक्रममा पाउना हरुलाई सेल रोटी, आलु बोडीको पिरो तर्करी साथ्मा तातो चियाले स्वगत पाउँदा हामी आयोजक खुसी नहुने कुरै भएन ।

सेल बनाउने दिदीहरु सबिता, बिष्णु १ , बिष्णु २ , राज कुमारी गुरुङ्ग (लिनवूड) विशेष धन्यावाद । मोहन गुरुङ्ग र हुनि गुरुङको रहोबरमा पुजाले हाम्रो संस्कृतिको जर्गेना गर्ने काम समेत भएको छ । ल्होसारको खान पिन केटरिङ्ग गर्नु भएको थियो एभरेस्ट किचेन रेस्टुरेन्टले मिठो थेड नेपाली खानाको परिकार ब्याबस्था गर्नु भएको थियो । फुड कमिटी सबैलाई धेरै धेरै धन्यवाद छ ।

खाना पछि अथिती हरुलाई मन्चमा आसन ग्रहण गराउदै, अग्रज व्यक्तित्व अशोक कुमार गुरुङ र निर्मलाको आमाले खदा र रिबन लगाएर स्वागत गर्नुभयो। सीता गुरुङ र को होस्ट अनिल गुरुङले स्टेज मा धन्यवाद दिदै आ आफ्नो ठाँउ मा असन ग्रहण गरेको दृष्य मनमोक नै थियो । नर्थ वेस्ट तमु गुरुङ सोसाइटी का बर्तमान अध्यक्ष प्रेम गुरुङको स्वागत भासण र अथितिहरु नेपाली राजदुत एसी शेर्पा, सौरब कछ्यापती, शेर्पा सोसाइटीका अध्यक्ष आङ जङ्बु शेर्पा, नेवा सोसाइटीका अध्यक्ष इश्वर लाल कोशिन, एनआरएनए वशिङ्गटनकाअध्यक्ष टान्का दाहाल, नेपाल सियाटल हाईकिङ्ग सस्थापक निल तिलिजाको शुभकामनाले खुशी हर्ष उल्लास छाएको थियो ।

हामी जाहाँ रहौ, जहाँ जाऔ एक पल्टको नेपाली सधैंको नेपाली( नेपालीलाई जता सुकै लैजाउ नेपालीबाट नेपाल कहिले कसैले जता सुकै लान सक्दैन। त्यसैले हामी जाहा रहेपनी हाम्रो नेपाल आत्मा भित्रै रहन्छ त्यसैले हामी हाम्रो सस्कृती कहिल्यै भुल्न दिने छैनौं । नेपालको राष्ट्रिय गान सयौं थुङ्गा फुल्का हामी र अग्रेजी राष्ट्रिय गान एसटार स्प्याङ्गल बजाएर कार्यक्रम गर्नु हाम्रो शान हो । शास्त्र हराए सस्कार हराउँछ, संस्कार हराए सस्कृती हराउँछ , संस्कृती हराए हाम्रो पहिचान हराउँछ । तसर्थ हामी सतर्क छौं ।

हाम्रो कार्यक्रमलाई थप मनोरञ्जन दिन सफल बनाउनु हुने अनिल गुरुङ्ग, पुजा सिग्देल, सोनिया कुवर, काजल सापकोटा, रीचा सापकोटा, इमेज गुरुङ्ग, सम्झना गुरुङ, रिन्जिन गुरुङ, भरत गुरुङ, कृष्ण गुरुङ, सोम घिमिरे, सीता गुरुङलाई विशेष धन्यावाद । यस्तै मिरा गुरुङ निर्मला गुरुङ, मिलन गुरुङ, ड्यानी बि. बुद्धि गुरुङ कृष्ण गुरुङ महेश गुरुङ राफल टिकेट, डोर टिकेट, ड्रिन्क कमीटी फुड कमीटी, हल डेकोरेसन कमिटी, पुजा कमिटी, ल्होसार टिकट एभेन्ट फ्लाएर डिजाइन प्रीन्टीङ्ग इन्जिनियर कृष्ण गुरुङ प्रति आभार व्यक्त गर्दछु ।

अन्तमा हाम्रो ल्होसार कार्यक्रमलाई सफल बनाउका लागि स्पन्सर गर्नुहुने प्रयोजक हरु, नेपाल सियाटाल सोसाइटी, आन्नपुर्ण हिमालयन कुजिन, कस्तुरी गृल, एभरेस्ट किचेन एसियान काउन्सेलिङ एन्ड रेफरल सर्भिस , ट्याप-ट्याप सेन्डकम
सबैलाई नयाँ बर्षको भारी शुभ कामना सथै भाविदिनहरुमा पनि यसरी नै साथ पाउने आशा गर्दछौ।

कार्यक्रम उद्घोषक सिता गुरुङ
नर्थ वेस्ट तमु समाज-सस्थापक अध्यक्ष
समाजसेवी, लोक गायीका,लेखक निर्माता
गङ्गाजमुना गाउँपालिका ६, बसेरी डाडा गाउँ धादिङ हाल: अमेरिका