जमरकट्टेल संसदीय दलको नेतामा चयन

Avatar photo
Dhadingpost
शनिबार, पुस १६, २०७९

धादिङ । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले बताए । शालिकराम यसअघि पनि दलको नेता थिए ।

संसदीय दलको नेता बने सँगै जमकट्टेललाई बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम सिफारिस भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए ।

संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन पछि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।