धादिङमा शिक्षक कल्याण सहकारीको छुट्टै पहिचान र इज्जत छ -भण्डारी

Avatar photo
Dhadingpost
शनिबार, पुस १६, २०७९

धादिङ । नेकपा माओवादीका केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले धादिङमा शान्ति प्रक्रिया सँगै जन्मिएको शिक्षक कल्याण वचत तथा ऋण सहकारीको छुट्टै पहिचान र इज्जत रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अधिकांश शिक्षकहरु मिलेर स्थापना भएको यस सहकारीको लोकप्रियता सँगै अहिले अन्य प्रतिस्पर्धी शिक्ष संघ संगठनहरुले समेत सहकारी बनाउनुले पनि यो शिक्षक कल्याण सहकारीको महत्व दर्शाउने १२ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेका नेता भण्डारीले बताए ।

कार्यक्रमका विशेष अतिथि एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले प्रचण्ड नेतृत्वको सरकारले शिक्षामा आमुल परिवर्तका काम गर्ने त्यसमा पहिलो काम संघीय शिक्षा ऐन पास गर्दै कार्यान्वयन हुने बताएका थिए । सरकारले गर्नुपर्ने काम गर्छ तर शिक्षक आफु समय अनुसार अपग्रेट हुनुपर्ने र शैक्षिक सुधारमा सरकारको अपेक्षा पुरा गर्नु पर्ने समेत उनले बताए ।

सचिव शिव प्रसाद रिजालको संचालन र जिल्ला अध्यक्ष केशरी प्रसाद पन्तको अध्यक्षतामा भएको १२ औं वार्षिक साधारण सभामा असल ऋणीहरु शिक्षकद्वय रिता वि. क. निमार्चोक आवि, लक्ष्मी रानामगर च्याम्रादेवी आवी र ०७८ को एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्य सम्झना ढुंगानाको छोरा दिवस श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कुल पुँजी १ करोड ९१ लाख ९७ हजार रहेको यस सहकारीमा ५४८ जना सेयर धनी रहेका छन् । यस आर्थिक वर्षमा १० लाख ९९ हजार नाफा गरेको यस सहकारीले १ करोड ५१ लाख ९९ हजार ७०० ऋण प्रवाह गरेको छ भने भाका नागेको ऋण रकम ६ लाख ९५ हजार रहेको बताईएको छ ।