थाक्रेको खुल्ला ३ किलो मिटर दौडमा सुन्तु तामाङ प्रथम

Avatar photo
Dhadingpost
आइतवार, पुस ३, २०७९

धादिङ । थाक्रे गाउँपालिका सगंको सहकार्यमा संस्थागत विकास सञ्जाल र सिड्स नेपाल धादिङको आयोजनामा भएको थाक्रे गाउँपालिका स्तरीय ३ किलो मिटर खुल्ला दौडमा महिला तर्फ थाक्रे वडा नम्बर ७ की सुन्तु तामाङ प्रथम भएकी छिन्, भने पुरुष तर्फ पनि थाक्रे वडा नम्बर ७ कै अमृत तामाङ प्रथम भएका छन् ।

महिला तर्फ वडा नम्बर ११ की सोनिका राई द्धितिय,वडा नम्बर ४ की प्रतिमा भण्डारी तृतिय र वडा नम्बर १० की लक्ष्मि विडारीले सान्त्वना भए भने पुरुष तर्फ वडा नम्बर ८ का अनुज सुबेदी द्धितिय, वडा नम्बर ८ कै सरोज खनाल तृतिय र वडा नम्बर ९ का दिपेश रिमालले सान्त्वना भए ।

प्रथम, द्धितिय,तृतिय र सान्त्वना स्थान हाँसिल गर्ने प्रयियोगिहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । महिला तथा पुरुष ३ कि।मी सडक दौड प्रतियोगिता पूरुष ३१ जना र महिला २१ जनाले सहभागीता जनाएका थिए ।