मेयर कप, धुनिबेसी डोजोले जित्यो

Avatar photo
Dhadingpost
आइतवार, पुस ३, २०७९

धादिङ । धुनीबेसी डोजोद्वारा आयोजना गरिएको तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगिताको उपाधी धुनिवेशी डोजोले जितेको छ । स्वर्णपदक ११ वटा, रजत पदक १० वटा र काश्य पदक १७ वटा गरि ३८ वटा पदक सहित धुनिवेशी डोजोले उपाधी जितेको हो ।

प्रतियोगितामा ५, रजत ३ र काश्य ५ गरी १३ पदक सहित बिग बुद्ध डोजो द्धितिय, स्वर्ण ४, रजत २ र काश्य ५ गरी ११ पदक सहित सामरी डोजो नुवाकोट तृतिय भएका थिए ।

धुनीबेसी नगरपालिकाको आर्थिक संयोजनमा भएको यस प्रतियोगितामा विभिन्न ९ वटा डोजोहरुको सहभागिता रहेको थियो ।