मुनालमा विद्यार्थीको चुनाव सकियो, मतगणना भोली

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २८, २०७९

धादिङ । गजुरी गाउँपालिका स्थित मुनाल एकेडेमीमा कक्षा १० का विद्यार्थीहरुले मतदान शिक्षालाई व्यवहारिकताबाट बुझ्न अन्तर सदनात्मक चुनाव गरेका छन् । चुनावलाई थप चासो र उत्साहपूर्ण बनाउन आज मतदान भएको र मतगणना भोली हुने जनाईएको छ ।

अन्तर सदनात्मक उक्त निर्वाचन अभ्यास कार्यक्रममा तराजु चिन्ह लिएर सिजन कडेल, किताव चिन्ह लिएर शिलु आलेमगर, घडी चिन्ह लिएर प्रलुजा अधिकारी र दियो चिन्ह लिएर अन्जिता भुजेल चुनावी प्रतिस्पर्धामा छन् । १२६ विद्यार्थी मतदाता रहेकोमा ११७ मत खसेको छ । मतपेटिका आज शिल गरेर राखिएको र भालि मात्रै गणना हुने जनाईएको छ ।

उम्मेदवारहरु सिजन कडेल, शिलु आलेमगर, प्रलुजा अधिकारी र अन्जिता भुजेल

विद्यालयको विषय कोर्डिनेटर नानी थपलियाले यस कार्यक्रममा जानकारी दिँदै भनिन्, हामी विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिईरहेका छौं विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापबाट झनै गुणात्मक शिक्षा प्रदान गर्न सक्ने मान्नेता राख्छौं त्यहि अनुसार यो मतदान शिक्षा कार्यक्रम गरेका हौं ।