
धादिङ । गाउँपालिकाहरुको छाता संगठन राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो अधिवेशन दललिय भागबण्डा गरि नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । नव गठित कार्य समितिमा धादिङबाट दुई जना सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाउँदा नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे अध्यक्षमा भएकी छिन् । त्यस्तै दोस्रो ठूलो दल एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाएको छ महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार चयन भए ।
काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न उक्त अधिवेशनले धादिङबाट राष्ट्रिय गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा कांग्रेसबाट निर्वाचित नेत्रावती डवजोङको उप प्रमुख सितामायाँ गुरुङ र एमालेबाट निर्वाचित थाक्रे गाउँपालिकाका प्रमुख रामकुमार आचार्यलाई चयन गरेको छ ।
३७ सदस्यीय कार्य समितिमा स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्षमा पाण्डे र उपाध्यक्ष कांग्रेसको कोटाबाट जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन भए । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् ।
कार्य समितिको नामावली
अध्यक्ष : लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका
उपाध्यक्ष : लक्ष्मणबहादुर शाही, हिमा गाउँपालिका
महासचिव : खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका
सचिव : पार्वती सुनुवार, फिक्कल गाउँपालिका
कोषाध्यक्ष : उमेश भट्ट, अजयमेरु गाउँपालिका
सदस्यहरु:
इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष
लोकबहादुर मोक्तान, कैलाश गाउँपालिका अध्यक्ष
गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष
सितामाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष
रिता देवकोटा, सिरानचोक गाउँपालिका उपाध्यक्ष
जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष
वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष
भवानी न्यौपाने, तिनाउ गाउँपालिका (वडासदस्य)
हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष
तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष
मञ्जु मल्ल खजुरा गाउँपालिका उपाध्यक्ष
दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष
प्रमोद पोखेल, झिमरुक गाउँपालिका उपाध्यक्ष
दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष
सुमन मिरिचिन, केराबारी गाउँपालिका अध्यक्ष
उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष
रामकुमार आचार्य थाक्रे, गाउँपालिका अध्यक्ष
सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष
सनशिलता ओली, कालीमाटी गाउँपालिका उपाध्यक्ष
दुर्गादत्त ओझा, जोरायल गाउँपालिका अध्यक्ष
विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष
निशान्त शर्मा, चिसंखगढी गाउँपालिका अध्यक्ष
शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष
दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष
लोकप्रसाद बञ्जरा, भिमसेन थापा गाउँपालिका अध्यक्ष
भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष
पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष
सञ्जु प्याकुरेल, तादी गाउँपालिका उपाध्यक्ष
दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष
दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष
अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष