धादिङबाट ५ जना संघीय सांसद बन्ने निश्चित हुँदा, एमाले र माओवादीबाट शुन्य

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २४, २०७९

धादिङ । धादिङ २ वटा संघीय निर्वाचन क्षेत्र भएको जिल्ला हो । प्रत्यक्ष तर्फ क्षेत्र २ जना निर्वाचित भई सकेका छन् भने समानुपातिकबाट ३ जना सांसद धादिङले पाउने निश्चित जस्तै भएको छ ।

प्रत्यक्षबाट क्षेत्र नम्बर १ को सांसद एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र क्षेत्र नम्बर २ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी भईसकेका छन् भने समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल र राप्रपाबाट बुद्धिमान तामाङ र विना लामा संघीय सांसद बन्ने लगभग निश्चित जस्तै भएको छ ।

धादिङमा समानुपातिकबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १ जना र राप्रपाबाट १ जना संघीय सांसद धादिङमा थपिदै गर्दा समानुपातिक मतमा जिल्ला पहिलो भएको एमाले र तेस्रो पोजिशनमा रहेको माओवादी केन्द्रबाट समानुपातिकबाट संघीय सांसद धादिङमा सांसद बन्ने हाललाई सम्भावना टरेको छ ।