लक्ष्मण रम्तेलको उजुरी अगाडी बढ्यो, अदालतले माग्यो सक्कल कागज पत्र

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १६, २०७९

धादिङ । गत स्थानीय तहको निर्वाचनमा नीलकण्ठ ६ वडा अध्यक्षका उम्मेदवार लक्ष्मण रम्तेल र भूपेन्द्र श्रेष्ठको मत परिणाम बरावर भएपछि गोलाप्रथा गरिएको थियो उक्त गोलाप्रथाबाट कांग्रेसका भूपेन्द्र श्रेष्ठ विजयी भएको घोषणा गरिएको थियो । गोलाप्रथा चित्त नबुझेपछि रम्तेलले अदालत उजुरी गरेका थिए । उक्त उजुरी उपर अदालतले फाईल प्रक्रिया अगाडी बढाएको छ ।

उच्च अदालत पाटनले निर्वाचन आयोग सँग वडा अध्यक्ष दर्ता देखि अन्तिम नामावली प्रकाशन सम्मको सक्कल कागज पत्रहरु अविलम्ब अदालत पठाउन पत्रचार गरेको छ । वडाध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका लक्ष्मण रम्तेल र नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र श्रेष्ठको बराबर ७ सय ५८ मत मत परिणाम आएपछि गोलाप्रथा गरिएको थियो । उक्त गोलाप्रथा चित्त नबुझेपछि रम्तेल अदालत पुगेका थिए ।

मतपरिणाम बराबर भएपछि प्रमुख निर्वाचन अधिकृतले गोलाप्रथा कार्यक्रम राखेका थिए । जसमा माओवादी केन्द्रका उम्मेदवार रम्तेल र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित मेयर भिम प्रसाद ढुंगाना गोलाप्रथाका लागि निर्वाचन अधिकृतको कार्यकक्षमा पुगेका थिए ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धादिङका मुख्य न्यायाधीश रमेश प्रसाद ज्ञवालीले गोला तान्नका लागि नेपाली कांग्रेस तर्फका भिम प्रसाद ढुंगानालाई संकेत गरेको भिडियो नै सार्वजनिक भएको थियो । त्यसपछि अर्को गोला भने माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलले तान्नु पर्ने हो, तर, उनले गोला तान्न दिएको थिएन । उक्त गोलाप्रथामा मुख्य निर्वाचन अधिकृतले ‘सेटिङ’ गरेको आरोप आरोप सहित दियो पोष्टले समाचार समेत प्रकाशित गरेको थियो ।