विवादले धादिङ २ प्रदेश २ को मतगणन रोकियो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ७, २०७९

धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा अहिल मतगणना रोकिएको छ । खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मतदान केन्द्रको मतपेटीकाको शिल टोडिएको पाईएको भन्दै राप्रपाले विवाद गरेपछि मत गणना रोकिएको हो ।

अब गंगाजमुना मण्डली मावि-५ (क), त्रीपुरासुन्दरी २ वडा कार्यालय (क), खनियाबास-४ गणेशकुण्ड मावि (ख) र रुबिभ्याली-४ मुक्रापदेवी माविको मत गन्न बाँकी हुँदा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडी छन् । पछिल्लो मत गणनामा जगत सिंखडाको ९,८०९ मत र डम्बर तामाङको ९,५६३ मत रहेको छ ।