धादिङ १ मा पाण्डेको अग्रता कायमै, २ मा गन्न सुरु

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ५, २०७९

धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मत गणना जारी छ । पछिल्लो मत गणनाको नतिजा अनुसार गठबन्धनका साझा उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायम नै छ भने कडा प्रतिस्पर्धामा एमालेका उम्मेदवार भुमि त्रिपाठी छन् ।

पछिल्लो मत परिणाम अनुसार कुल खसेको ८० हजार १२६ मत मध्य १,४०५ मत गणना हुँदा
कलम- 652
सुर्य-607
घण्टी-96
मत पाएका छन् ।
यस्तै यहि क्षेत्रको दुबै प्रदेशको मतगणनाको तयारी पनि भएको छ प्राप्त जानकारी अनुसार अबको केहि मिनेटमा प्रदेशको पनि मत गणना सुरुहुने छ ।

धादिङ क्षेत्र नम्बर २ को मत गणना दिउँसो दुई बजेबाट हुने भनिएपनि प्रतिस्पर्धी सबै उम्मेदवारहरुको उपस्थिति हुन नसक्दा पौने ५ बजेबाट मतगणना सुरुभएको छ । मतपरिणम सार्वजनिक भएको छैन ।