धादिङ १ मा सत्ता गठबन्धनको कलम अग्रतामा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ५, २०७९

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् ।

६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।