धादिङको बुद्धि विकास केन्द्रमा पालिका अध्यक्ष विवेकले गरे पहिलो मतदान

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ४, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङको बुद्धि विकास प्रावि चरौंदी मतदान स्थलमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले पहिलो मतदान गरेका छन् ।

४ वटा मत पत्रमा स्वस्तिक छाप लगाउनु पर्ने यस प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा यस मतदान स्थलमा २ वटा मतदान केन्द्रहरु छन् । यी दुई केन्द्रमा ८९६ पुरुष र ८८८ महिला मतदाता रहेका छन् ।

धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।