धादिङको नेवेर मतदान स्थलमा ८६ जना मात्रै महिला मतदाता

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ३, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका ५ को नेवेर आधाभुत विद्यालय नेवेर मतदान स्थल धादिङको सबै भन्दा कम मतदाता भएको मतदान स्थल हो । एक वटा मात्रै मतदान केन्द्र भएको यस मतदान स्थलमा ८६ जना मात्रै महिला मतदाता रहेका छन् भने पुरुष मतदाता ९२ जना छन् । महिला र पुरुष गरी जम्मा १७८ जना मतदाता रहेका छन् ।

मिलन नेगीको नेतृत्वमा ८ जना कर्मचारी र १२ जना सुरक्षाकर्मीहरु मतदानमा खतिएका छन् भने मतदान सम्पन्न गर्नका लागि शनिबार सर्वदलिय वैठक समेत सम्पन्न भैसकेको छ । यस मतदान स्थल भएको नेवेरमा अहिले पनि फोन र इन्टरनेटको सहज पहुच छैन ।

धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । जसमा धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।