धादिङमा घण्टी चिन्ह लिएर उठेका हिमेश पन्त र बसुमायाँ तामाङको संक्षिप्त जानकारी

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २९, २०७९

धादिङ क्षेत्र नम्बर १
हिमेश पन्त

हिमेश पन्तलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । हिमेश सामाजिक कामहरुमा क्रियाशील छन् । उनले कमेडीको माध्यमबाट जनचेतना जगाउने काममा आफूलाई सक्रिय बनाएका छन् । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका थिए ।

धादिङ क्षेत्र नम्बर २
बसुमाया तामाङ

बसुमाया तामाङ देशकै प्रतिष्ठित अचार ब्यवसायी समेत हुन् । उनले सयौं महिलालाई आत्मनिर्भर बनाएकी छन् । उनले उत्पादन गरेको अचार विश्वका धेरै देशमा निर्यात हुन्छ । उनको कामले ग्रामिण महिला तथा पुरूषलाई केही गर्ने हुटहुटी पैदा गराएको छ । उनले चुनाव जितेमा गरिब महिलाहरुलाई आत्मनिर्भर बनाउन विशेष नीति बनाउने अठोट लिएकी छिन् । महिलालाई आर्थिक रुपमा सम्पन्न गर्न तामाङले आफूलाई सक्रिय बनाएकी छिन् ।