भोट हाल्न सिकाउँदै जमकट्टेल

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २८, २०७९

धादिङ । धादिङ १ प्रदेश २ का सत्ता गठबन्धनका साझा उम्मेदवार शालिकराम जमकट्टेल यतिबेला घरदैलो गर्दै भोट हाल्न सिकाउँदै छन् । भोट हाल्न सिकाउँदै जमकट्टेल आज सिद्धलेक गाउँपालिका स्थित कुम्पुरका विभिन्न टोलहरुमा पुगेका छन् ।

धादिङ २ प्रदेश २ को चुनावी व्यटलमा बलिया उम्मेदवारको रुपमा रहेका जमकट्टेल सँग एमालेका गजेन्द्र थपलियाले प्रतिस्पर्धा गर्ने छन् । बागमती प्रदेशको मुख्य मन्त्रीका रुपमा हेरिएका जमकट्टेल यतिबेला जनताको घरदैलोमा छन् ।

स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा सत्ता गठबन्धन यो प्रदेश सभामा सुविधाजनक बहुमतमा देखिन्छ । एमालेले राप्रपासँग चुनावी तालमेल नगर्ने हो भने यहाँ सत्ता गठबन्धनको २६ हजार ७ सय ६२ , एमालेको १४ हजार ६ सय ४२ र राप्रपाको ४ सय ९ मत रहेको छ । जसअनुसार सत्ता गठबन्धन निकटतम नेकपा (एमाले) भन्दा झण्डै दोब्बर मतले अगाडि रहेको छ । यहाँ सत्ता गठबन्धन एमालेभन्दा १२ हजार १ सय २० मतले अगाडि देखिन्छ ।