काठमाडौं ७ मा ध्रुव विक्रम मल्लको चुनावी माहौल

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २७, २०७९

धादिङ । करातेका अन्तरास्ट्रिय प्रशिक्षक तथा बालाजु कराते-डो एकेडेमीका संरक्षक ध्रुव विक्रम मल्ल काठमाडौं क्षेत्र नं।७ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार छन् । निस्कलंक छवि भएका मल्ल यतिबेला हलो चिन्हमा मतदान गरि आफुलाई जिताईदिन आव्हान गर्दै मतदाताको घर दैलो गरि रहेका छन् ।

पार्टीका रुपमा भन्दा पनि व्यक्तिगत निस्कलंकका रुपमा स्थानीय मतदाताले ध्रुर्वविक्रम मल्ललाई हेर्ने गरेका कारणपनि यो चुनावी माहौलमा ध्रुविक्रम मल्ल हावी हुने संकेत देखिएको बताईन्छ ।

मार्शल आर्ट खेलाडी बीच ‘गड्फादर’ का रुपमा चिनिने ध्रुव बिक्रम मल्ल बालाजु कराते-डो प्रतिष्ठान नेपाल र टेकू एवं नागार्जुन-४ स्थित जन उद्धार सेवा समितिका अध्यक्ष, सामुदायिक विकास संघ वनस्थलीको तीन कार्यकाल अध्यक्ष रहेका मल्ल मार्शल आर्टका अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । मल्लले राष्ट्रिय-अन्तर्राष्ट्रिय कीर्तिमानी खेलाडीहरू उत्पादन गरेर संसारभरि नेपालको नाम र प्रतिष्ठा उच्च स्थानमा पुर्‍याएका छन् ।