एमाले रातो कार्पेट विछ्याएर राजा ल्याउन चाहान्छ -जमकट्टेल

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २२, २०७९

धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ १ प्रदेश २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार शालिकराम जमकट्टेलले मंसिर ४ को चुनाव जितेर लखेटिएका राजालाई रातो कार्पेट ओछ्याएर नाराहिटी ल्याउने अभियानमा एमाले लागेको आरोप लगाएका छन् ।

घरदैलो अभियानको क्रममा धादिङ १ का उम्मेदवार राजेन्द्र पाण्डे सँगै गजुरी गाउँपालिका २ को डुडेठाँटी पुगेका जमकट्टेलले एमालेले राप्रपा सहित विखण्डनकारीहरु सँग चुनावी गठबन्धन गरि मंसिर ४ पछि फेरि राजालाई नाराहिटी ल्याउन चाहेको दावी गर्दै कुनैपनि हालतमा उनीहरुलाई भोट दिन नहुने बताएका हुन् ।

उम्मेदवार र पत्र प्रवृति नहेरौं हामीलाई जनयुद्ध जनआन्दोलनको उपलब्धी संविधानको रक्षा गर्नुछ, प्रतिगामीहरुलाई पाखा लगाउनुछ, तसर्थ भोट सत्ता गठबन्धनका उम्मेदवारलाई दिनु जिताउनु पर्ने उनले बताए ।