स्यादुल, विधाङ र विशालटारमा शालिकरामको घरदैलो

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २२, २०७९

धादिङ । मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा व्यस्त छन् । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेल अहिले पनि प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन् ।

घरदैलो अभियानको क्रममा सोमबार बेनिघाट रोराङ गाउँपालिका ६ को स्यादुल र विधाङ पुगेका थिए भने आज गजुरी २ र बोनीघाट २ मा घरदैलो कार्यक्रम रहेको उपेन्द्र जमकट्टेलले बताए ।

गठबन्धनको निर्धारित कार्यक्रम अनुसार सोमबार धादिङ क्षेत्र नं। १ का उम्मेदवार एवं बागमती प्रदेशका मुख्य मन्त्रि राजेन्द्र प्रसाद पाण्डे सहितको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको प्रेस सेन्टर धादिङका अध्यक्ष राजन अधिकारीले बताए। मन्त्री जम्कटेलले संविधानको रक्षा, स्थीरता र दिगो विकासको लागि गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए ।