सिद्धलेकद्वारा क्रिकेट खेल सामाग्री हस्तान्तण

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १, २०७९

धादिङ । सिद्धलेक गाउँपालिकाले धादिङ जिल्ला स्तरीय क्रिकेट लिग प्रतियोगितामा सहभागि हुन छानिएका आफ्नो गाउँपालिका खेलाडीलाई क्रिकेट खेल सामाग्री हस्तान्तरण तथा उत्कृष्ट प्रदर्शनको लागि हौसला प्रदान गरेको छ ।

गाउँपालिकाअध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल तथा प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रले गाउँपालिका खेलाडीहरुलाई जितका लागि शुभकामना दिँदै खेलाडीहरुलाई विधाई गरेका हुन् । जिल्ला स्तरीय क्रिकेट लिग आज देखि कार्तिक सात गते सम्म बेनीघाट रोराङ स्थित विशालटारमा हुने छ ।