समृद्ध धादिङका लागि सत्ता गठबन्धनलाई मतदान गर्न अपिल

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३०, २०७९

धादिङ । धादिङका सत्ता साझेँदार दलका उम्मेदवारहरुले समृद्ध धादिङ निमार्णका लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नु पर्ने बताएका छन् । धादिङबेसीमा संचारकर्मीहरु सँगको भेटमा सत्ता गठबन्धनका उम्मेद्वारहरुले आफ्नो चुनावी एजेन्डा र रणनीतिका बारेमा धारणा राख्दै समृद्ध धादिङका लागि सत्ता गठबन्धनको जितको विकल्प नभएको बताएका हुन् ।

नेपाली कांग्रेस धादिङका सभापति एवं संघीय निर्वाचन क्षेत्र नं. २ धादिङका उम्मेद्वार रामनाथ अधिकारीले हरेक पालिकामा ३ वटा प्राविधिक शिक्षालय, हरेक वडा पुग्ने बाटो कालोपत्र, शिक्षा र रोजगार आफ्नो मुख्य एजेण्डा रहेको बताएका थिए । माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ क्षेत्र नं. १ क का उम्मेदवार शालिकराम जमकट्टेल संघीय निर्वाचन क्षेत्र नं.२ ख का ले बागमती प्रदेशका जिल्लाहरुमा आफ्नै पहलमा बागमती प्रदेशबाट एथोचित वजेट विनियोजन गर्न सफल भएको दावी गर्दै धादिङमा उल्लेख्य विकास भएको र कतिपय ठुलायोजनाहरुको काम सुरुभएको दावी गरेका थिए । सुरुभएका काम पुरा गर्नु छ भने मुलुकमा राजनितिक अस्थिरता मच्चाउदै संविधान विरोधीहरुहरुलाई मतदान नगरी राष्ट्रियता र संविधानको पक्षधर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।

संघीय निर्वाचन क्षेत्र नं.२ ख का उम्मेद्वार माओवादी नेता जगत सिंखडाले आफुले पाएको ५ वर्षे कार्यकालमा उत्तरी धादिङमा विगत २५ वर्ष सम्म नभएको काम भएको अबको ५ वर्ष उत्तरी धादिङका हरेक घर पुग्ने गरि विद्युतीकरण, खानेपानी, सडक संजाल, शिक्षा र स्वास्थ्यलाई जोड दिने बताएका थिए । संघीय निर्वाचन क्षेत्र नं.२ क बाट उम्मेद्वारी दिएका कांग्रेसका गोविन्द लम्सालले जनताले दैनिक भोगिरहेका समस्याहरु र सरकारी कार्यालयहरुमा हुने बेथितिका साथै धादिङबेसी बजार व्यवस्थापनमा आफ्नो महत्त्वपूर्ण ध्यान जाने बताएका थिए ।