नेपालद्वारा युक्रेनको पक्ष मतदान

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २७, २०७९

काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरुद्धमा नेपालले मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनको समर्थन गर्दै रुसी आक्रमण विरोध गरेका हुन् जसमा नेपालले पनि युक्रेनको पक्ष मतदान गरेको छ ।

बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।