धादिङमा एमाले-राप्रपा बीच तालमेल

Avatar photo
Dhadingpost
बुधबार, अशोज २६, २०७९

धादिङ । धादिङमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधवार एमाले र राप्रपाले तालमेल गर्ने सहमति अनुसार उम्मेदवारी फिर्ता गरेका छन् । संघमा एमालेका उम्मेदवार खेम लोहनी र भुमि त्रिपाठीलालाई सहयोग गर्न राप्रपाका उम्मेदवारद्वय २ बाट परशुराम तामाङ र १ बाट अजय प्रसाद रिमालले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै प्रदेश तर्फ २ को (ख) मा राप्रपाका डम्बर तामाङलाई सहयोग गर्न एमालेका धनबहादुर घलेको उम्मेदवारी फिर्ता गराईएको छ । यद्यपी धनबहादुर घलेले धादिङपोष्ट सँग कुरा गर्दै आफु काठमाडौं रहेको उम्मेदवारी फिर्ता गर्न नगएको भएपनि खेमलोहनी गई आफ्नो इच्छा विपरित उम्मेदवारी झिकिदिएको आरोप लगाएका छन् । २ को कमा एमालेका डा।रामकुमार आधिकारी समर्थन गर्दै राप्रपाका नारायण पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । १ को दुईवटा प्रदेशमा पनि एमाले र राप्रपाले १-१ वटा वाडेका छन् ।