खनियाबासका उपाध्यक्ष सेक्केमानको फिनल्यान्ड भ्रमण सुरु

Avatar photo
Dhadingpost
बुधबार, अशोज २६, २०७९

धादिङ । माओवादी केन्द्र धादिङका नेता एवम् खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ बिश्वको भ्रष्टाचार नहुने देश भनेर चिनिने फिनल्यान्ड पुगेका छन् । उनको सचिवालयले जनाए अनुसार सेक्केमान ११ दिन फिनल्यान्डमा विताउने छन् ।

फिन्ल्याण्डको नर्थ युरोपियन बिजिनेस एकेडेमी ( Nort Europen Business Academy) को निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन् । उनले आफ्नो भ्रमणको अवधिमा फिन्ल्याण्डको स्थानिय शासन सन्चालन, शिक्षा, स्वास्थ्य प्रणाली, अर्थ ब्यवस्था लगाएत आधुनिक प्रविधिको बारेमा जानकारी लिने बताईएको छ । भ्रमणको सम्पुर्ण खर्च निमन्त्रणा गर्ने एकेडेमीले नै व्यहोरेको बताईएको छ ।