धादिङमा जगत सिंखडालाई जिताउँन काठमाडौंमा विभिन्न समिति गठन

Avatar photo
Dhadingpost
बुधबार, अशोज २६, २०७९

धादिङ । माओवादी केन्द्र निकट काठमाडौं-धादिङ सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं २ ले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन विभिन्न समितिहरु गठन गरेको छ ।

माओवादी केन्द्र निकट काठमाडौं-धादिङ सम्पर्क समन्वय समितिले चन्द्र गुरुङ संयोजकत्वमा प्रचार-प्रसार समिति, नबराज अधिकारीको संयोजकत्वमा आर्थिक समिति, पवन भण्डारीको संयोजकत्वमा युवा परिचालन समिति, श्रीराम अधिकारीको संयोजकत्वमा मतदाता परिचालन तथा व्यवस्थापन समिति, क्षेत्र नं २ को सम्पूर्ण चुनावी कमान्डर प्रकाश लम्साल, क्षेत्र नं २ प्रदेश ख को संयोजकमा हरि प्रसाद शर्मा सह संयोजकमा बिष्णु कुमार थापा लाई चयन गरेको छ ।

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगत सिंखडा प्रतिनीधि सभा क्षेत्र नं. २ को प्रदेश (ख)बाट उम्मेदवार छन् । पहिलो कार्यकाल आफ्नो क्षेत्रमा लोकप्रिय काम गरेका सिंखडाले यो पटक फेरि उम्मेदवार छन् ।