शालिकराम जमकट्टेलको क्षेत्रमा चुनाव प्रचार-प्रसार सुरु

Avatar photo
Dhadingpost
सोमवार, अशोज २४, २०७९

धादिङ । नेकपा माओवादी धादिङका इन्चार्ज शालिकराम जकमट्टेलको क्षेत्रमा चुनाव प्रचार प्रसार सुरुभएको छ । मुख्यमन्त्रीका दावेदारका रुपमा हेरिएका शालिकराम जकमट्टेललाई जिताउन धादिङ प्रतिनीधि सभा क्षेत्र नं. १ प्रदेश (ख) प्रचार प्रसार समिति गठन भए सँगै काम सुरु गरेका छ ।

गजुरीमा आज भएको प्रदेश स्तरीय वैठकले चन्द्र बहादुर सिलवाल मिलनको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गठन गरेको हो । वैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आव्हान गर्ने, वडा स्तर सम्म प्रचार प्रसारका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको थियो ।

कार्यक्रममा जिल्ला इञ्चार्ज एवम् प्रदेश सांसदका उम्मेदवार शालिकराम जमकट्टेल माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी नेताहरु विवेक थपलिया, दिपक लामिछाने (सुबोध) सोम्बोले तामाङ (अक्कल), दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेकोको थियो ।