माओवादी नेताद्वय शालिकराम जमकट्टेल र जगत सिंखडाद्वारा प्रदेश सदस्यमा उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
आइतवार, अशोज २३, २०७९

धादिङ । माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेल र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले धादिङबाट बागमती प्रदेश सदस्यका लागि उम्मेदवारी दर्ता गएका छन् ।

जमकट्टेलले धादिङ क्षेत्र नम्बर १ (ख) को लागि गल्छीमा रहेको क्षेत्रिय निर्वाचन कार्यालयमा र सिंखडाले धादिङ क्षेत्र नम्बर २ (ख) को लागि धादिङबेसी स्थित समन्वय समितिको हलमा रहेको क्षेत्रिय निर्वाचन कार्यालयमा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।