धादिङका नेताद्वयले काठमाडौंमा उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
आइतवार, अशोज २३, २०७९

धादिङ । धादिङ नीलकण्ठ निवासी माओवादी नेतृ कल्पना धमलाले गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

यस्तै धादिङ त्रिपुरासुन्दरी निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता करातेका अन्तराष्ट्रिय रेफ्रि ध्रुव विक्रम मल्लले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।