शालिकराम जमकट्टेल र जगत सिंखडालाई प्रदेश संसदको टिकट

Avatar photo
Dhadingpost
शनिबार, अशोज २२, २०७९

धादिङ । सत्ता गठबन्धनको सहमति अनुसार प्रदेशको दुईवटा टिकट पाएको माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको छ । माओवादी केन्द्रले प्रतिनीधिसभा क्षेत्र १ को (ख) बाट जिल्ला इन्चार्ज शालिकराम जमकट्टेललाई र प्रतिनीधिसभा क्षेत्र २ को (ख) बाट अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष समेत रहेका जगत सिंखडालाई पुन: प्रदेश सदस्यमा उठाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको निर्णय अनुसार एकीकृत समाजवादले धादिङ प्रतिनीधिसभा क्षेत्र १ मा राजेन्द्र पाण्डेलाई उठाउने निर्णय गरेको छ भने धादिङ प्रतिनीधिसभा क्षेत्र २ र यस प्रदेशको क यस्तै प्रतिनीधिसभा क्षेत्र १ को क नेपाली कांग्रेस भागमा परेको र यो समाचार तया पार्दा सम्म कांग्रेसले कस्लाई टिकट दिने भन्ने फाईनल गरि सकेको छैन ।

धादिङका एमाले नेताद्वय खेम लोहनी र भुमि त्रिपाठीलाई फेरी प्रतिनीधि सभा सदस्यको टिकट दिने एमालेले निर्णय गरेको । प्रतिनीधि सभा क्षेत्र नं. १ का लागि त्रिपाठीलाई र क्षेत्र नं. २ बाट खेम लोहनीलाई उठाउने एमालेले निर्णय गरेको हो । यस्तै प्रतिनीधि सभा क्षेत्र नं. १ क बाट एमालेले युवा उम्मेदवार रमेश आचार्यलाई टिकट दिएको छ भने यस क्षेत्रको ख का लागि गजेन्द्र थपलियाले टिकट पाएका छन् । प्रतिनीधि सभा क्षेत्र नं. १ क मा यस अघि चुनाव जितेका डा. रामकुमार अधिकारीले नै टिकट पाएका छन् भने यस क्षेत्रको ख मा एमाले धादिङ उपाध्यक्ष धनबहादुर घलेले टिकट पाएका छन् ।