एमाले धादिङका यी ६ नेताले प्रत्यक्षतर्फ पाए सांसद बन्ने टिकट

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २१, २०७९

धादिङ । धादिङका एमाले नेताद्वय खेम लोहनी र भुमि त्रिपाठीलाई फेरी प्रतिनीधि सभा सदस्यको टिकट दिने एमालेले निर्णय गरेको छ । प्रतिनीधि सभा क्षेत्र नं. १ का लागि त्रिपाठीलाई र क्षेत्र नं. २ बाट खेम लोहनीलाई उठाउने एमालेले निर्णय गरेको हो ।

यस्तै प्रतिनीधि सभा क्षेत्र नं. १ क बाट एमालेले युवा उम्मेदवार रमेश आचार्यलाई टिकट दिएको छ भने यस क्षेत्रको ख का लागि गजेन्द्र थपलियाले टिकट पाएका छन् ।

प्रतिनीधि सभा क्षेत्र नं. १ क मा यस अघि चुनाव जितेका डा. रामकुमार अधिकारीले नै टिकट पाएका छन् भने यस क्षेत्रको ख मा एमाले धादिङ उपाध्यक्ष धनबहादुर घलेले टिकट पाएका छन् ।