मोती गुफा प्रचारका लागि खनियाबासमा भलिबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
आइतवार, अशोज १६, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिकामा ऐतिहासिक पर्यटकीय क्षेत्रको संरक्षणका निम्ति “सबैको सहभागिता पर्यटन प्रवर्द्धन र जगेर्ना आजको आवश्यकता” भन्ने मूल नाराका साथ आजबाट प्रथम मोती गुफा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको यस प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको विशेष आतिथ्यता रहेको थियो ।

“मोती गुफा युवा क्लबको आयोजना र अहिंसावादी युवा क्लब सहआयोजक रहेको उक्त प्रतियोगिताको नाम प्रथम मोती गुफा खुल्ला पालिका वडा स्तरीय भलिबल दिईएको छ । बोनोङचेत, खनियाबास ५ सत्यदेवि (साविक वडा नंं २) मा सुरुभएको यस प्रतियोगितामा प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार र सान्तोना दुई टिमलाई १०–१० हजार प्रदान गरिनेछ आयोजकले जनाएको छ ।

खनियाबास गाउँपालिका ५ साविक सत्यदेवी २ अवस्थित ऐतिहासिक गोम्बोङजोङ दरवार (तत्कालीन घले राजाको दरबार) क्षेत्रमा रहेको छ मोति गुफा बारे छोटो चर्चा