मजदुरलाई ज्याला नदिने कन्स्ट्रक्सनलाई खनियाबासले बोलायो

Avatar photo
Dhadingpost
बुधबार, अशोज १२, २०७९

धादिङ । काम गर्ने मजदुर र व्यापारीलाई पैसा नदिएको उजुरी परेपछि खनियाबास गाउँपालिकाले नागार्जुन आर्थिक सौर्य ज्योति कन्स्ट्रक्सनलाई बोलाएको छ ।

खनियाबास ५ स्थित सत्यदेवि स्थित मानेटार बच्छला ग्रावेल सडक निर्माणको ठेक्का पाएको नागार्जुन आर्थिक सौर्य ज्योति कन्स्ट्रक्सनले १४ जना श्रमिक सहित व्यापारीहरूलाई दिनु पर्ने ४ लाख ५१ हजार ५०० बराबरको ज्याला रकम उपलब्ध नगराएको उजुरी परेपछि ठेकदार कम्पनीलाई बोलाईएको उपाध्यक्ष सेक्केमान तामाङले धादिङपोष्टलाई बताए ।

१४ गते ठीक १० बजे कार्यालय समयमा कम्पनीको आधिकारिक हुन सूचना जारी गरिएको छ । तोकिएको समयमा उपस्थिति नभए कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने उपाध्यक्ष तामाङ भने ।