विप्लव नेतृत्वको नेकपा सिद्धलेकको सेक्रेटरीमा मोहन घले चयन

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७९

सुन्दर लामा
धादिङ ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङ सिद्धलेक गाउँपालिका सेक्रेटरीमा मोहन घले चयन भएका छन् ।

सिद्धलेक गाउँपालिकाको कुम्पुर भञ्ज्याङमा सम्पन्न प्रथम गाउँ सम्मेलनले मोहन घलेको नेतृत्वमा १४ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।

सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई पार्टीका जिल्ला सेक्रेटरी सृजनले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै पार्टीले दिइएको जिम्मेवारी गम्भीर रुपमा ग्रहण गर्न निर्देशन दिएका थिए ।

सरकारले तीन बुँदे सहमति विपरीत पार्टीका महासचिव लगायत नेता कार्यकतामाथि पक्राउ पुर्जी जारी गरेर देशलाई द्वन्द्व तिर धकेल्ने खोजेको भन्दै सचेत भएर कामकारबाही गर्न समेत उनले कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सिद्धलेक गाउँपालिका इञ्चार्ज धनबहादुर घले, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् पार्टीका जिल्ला समिति सदस्य अर्पणले शुभकामना मन्तव्य र युवा संगठन नेपाल केन्द्रीय सदस्य एवम् धादिङका अध्यक्ष तथा पार्टीका जिल्ला समिति सदस्य अभयले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला कमिटी सदस्य मनोज घलेले गरेका थिए ।