धादिङका सुक बहादुर तामाङ लागूऔषध र आखेटोपहार सहित पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, भदौ ११, २०७९

धादिङ । धादिङको खनियावास–१ घर भएका सुक बहादुर तामाङ लागुऔषध एम्फेटामाइन ७९ ग्राम, ४ किलो ९४ ग्राम चरेश र वन्यजन्तुको आखेटोपहार सहित पक्राउ परेका छन् । थाइल्याण्डबाट ल्याएको एम्फेटामाइन १० हजारमा बेच्न खोज्दा पक्राउ परेका सुकबहादुर २०७४ माघमा खैरो हेरोइन सहित पाकिस्तानमा पक्राउ परेर छुटेका थिए ।

प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौंमा रहेको उनकाे डेराबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १ हजार दरको १ थान नक्कली रुपैयाँ, २३६ थान नक्कली अमेरिकी डलर, ११ वटा सालकको खपटा, ६ वटा जंगली जनावरको दाँत, पंक्षीको खुट्टा ३ वटा र विभिन्न जनावरका हड्डीहरु बरामद गरेको छ भने साथबाट प्रहरीले भुटान, म्यानमारसहित ९ देशका मुद्रा बरामद गरेको छ ।