गलाैंदी फुटबलमा यी टिम क्वाटरफाइनल पुगे

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १०, २०७९

धादिङ। धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जारी फुटबल प्रतियाेगितकाे क्वाटरफाइनल खेलहरु भाेलि हुने भएकाे छ । १५ टिम सहभागी गलाैदीमा जारी 7 A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेल भने भदाै १२ गते हुने छ ।

अायाेजक गलाैदी युवा क्लवका राजेन्द्र सापकाेटाका अनुसा अाजकाे खेल अपडेट यस्ताे छ ।
कारु प्रतिष्ठान बेनिघाट र अरुणाेदय युवा क्लव बी बीच भएकाे दाेश्राे दिनकाे पहिलाे खेलमा करु विजयी भई दाेश्राे चरण प्रवेस गरेकाे छ भने अरुणाेदय बी अाउट भएकाे छ । जितका लागि अरुणाेदय बीकाे ३ गाेलका विरुद्ध कारुले ४ गाेल गरेकाे थियाे । कारुका लागि सुवाष एसी १, अनिल कडेल १, सुमन श्रेष्ठ १ र राजिव घलेले १ गाेल गरेका थिए भने अरुणाेदयका लागि सन्देश माझिले २ र संजय माझिले १ गाेल गरेका थिए ।

दाेश्राे खेलमा किरान्चाेक फुटबल क्लवले ७ गाेल गर्दै सिटिभिटि टिमलाई पराजित गरेकाे छ । किरान्चाेककाे जितका लागि सुन्दर थापामगरले ३, विकास भुजेल १, अजय थापा १ र प्रकाश गिरीले २ गाेल गरेका थिए भने सिटिभिटि टिमका लागि सराेज अधिकारीले १ गाेल गरेका छन् ।

तेश्राे खेलमा सिमटार युवा क्लवलाई किउरेनीटार युवा क्लवलाई हराएकाे छ । जितका लागि किउरेनीटारले सिमटारकाे १ का विरुद्ध २ गाेल गरेकाे थियाे । किउरेनीका लागि देवबहादुर मगर र राजकुमार राईले १-१ गाेल गरेका थिए भने सिमटारका लागि ईशान सुवेदीले १ गाेल गरेका थिए ।

चाैथाे खेलमा संघर्षशिल युवा समाजले चील अाउटलाई पराजित गरेकाे छ । जितका लागि संघर्षशिलले चिलअाउटकाे २ का विरुद्ध ४ गाेल गरेकाे थियाे । संघर्षशिलका लागि राजकुमार गुरुङ २, सागर तामाङ १ र उमेश तामाङले १ गाेल गरेका थिए भने चील अाउटका लागि सागर मगर र राेशन मगरले १-१ गाेल गरेका थिए ।

याे सँगै प्रतियाेगिताकाे क्वाटर फाईनलकाे पहिलाे खेलमा भाेलि बिहान प्रतियाेगिताकाे पहिलाे चरणमा उत्कृष्ट प्रदर्शन गरेका ए डीभिजनका खेलाडी समेत सम्मिलित दुई टिम गजुरी सामुदायिक विकास समाज र घाटबेसी युवा क्लव बीच हुने भएकाे छ । यस्तै क्वाटरफाईनलकाे दाेश्राे खेल भाेली अरुणाेदय युवा क्लव र कारु प्रतिषठान बिच हुने छ । यस्तै तेश्राे खेल किरान्चाेक युवा क्लव र संघर्षशिल युवा क्लव बीच हुने छ । क्वाटरफाईनलकाे अन्तिम खेल भाेली नै किउरेनीटार युवा क्लव र गलाैली युवा क्लव ए बीच हुने छ ।

यस प्रतियोगिताको विजेता टिमले ३० हजार र उप विजेता टिमले १५ हजार नगद जित्ने अरुण सुवेदीले धादिङपोष्टलाई बताए । प्रतियोगिताको फाईलन भाद्र १२ गते हुने जनाईएको छ । फाेटाे फाईल