धादिङका रमित लामा मोटरसाईकल चारीको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १०, २०७९

धादिङ । धादिङ थाक्रे गाउँपालिका –५ गौरीखर्कका ३० वर्षीय रमित लामा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् ।

उपत्यका ट्राफिक प्रहरीले काठमाडौ महानगरपालिका–२६ रानीबारीबाट लामालाई पक्राउ गरिएको जनाएको छ । लामाले चोरी भएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै आएका अवस्थामा पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको थियो ।