धादिङकी सिर्जना रिजाल नेपाल समाजवादी महिला संघको केन्द्रिय अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २, २०७९

धादिङ । धादिङकी सिर्जना रिजाल बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी महिला संघको अध्यक्षमा चयन भएकी छिन् ।

नेपाल समाजवादी महिला संघको विस्तारित भेलाले धादिङ निवासी सिर्जना रिजाल अध्यक्ष रहने गरि १५१ जना केन्द्रीय समितिको पुनर्गठन गरेको हो । भेलाले उपाध्यक्ष होम कुमारी दोङ, सुनिता काफ्ले, तारा शर्मा, मोनिका सिंह , महासचिव मन्जु थापा मगर र सचिबमा मिरा शाहलाई चयन गरेको छ ।

माओवादी जनयुद्ध कालिन नेतृ रिजाल अहिले नेपाल समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत हुन् ।