धादिङका सिताराम र दाङकी पुष्पा होटलमा मृत फेला

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३१, २०७९

धादिङ । धादिङ धादिङको कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा बुटवलको एक होटलमा मृत फेला परेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार बुटवलको फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा आइतबार राति सँगै बास बसेका ३६ वर्षिय धादिङका सिताराम भुजेल र ३३ वर्षकी दाङकी पुष्पा मृत फेला परेका हुन् ।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताए । दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।